सत्ता गठबन्धनले सोमबारसम्म महानगर र उपमहानगरका उम्मेद्वारको टुंगो लगाउने

0

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच सोमबारसम्म देशभरका महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउने सहमति भएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिनथालेपछि सत्ता गठबन्धनका शीर्ष नेतृत्वबीच बालुवाटारमा भएको छलफलमा उक्त सहमति भएको हो ।

त्यसैगरी बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि भएको छ । कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेश गरिने छ ।

पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनका शीर्ष नेतृत्वबीच छलफल भएको हो ।

Leave A Reply

Your email address will not be published.