दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब चार सय जनाको मृत्यु

0

एजेन्सी : दक्षिण अफ्रिकामा आँधीसँगै आएको बाढीका कारण करिब चार सय जनाको मृत्यु भएको छ ।

छ दिन पहिले आएको विनाशकारी आँधीपछि बाढी आउँदा दक्षिण अफ्रिकाको डर्बन क्षेत्रमा जनजीवन प्रभावित भएको हो ।

बाढीका कारण करिब ४१ हजार मानिस प्रभावित भएका छन् । आवासीयसहितका भौतिक क्षति ठूलो मात्रामा भएको छ ।

अझै पनि कम्तीमा ५५ जना बेपत्ता रहेका छन् । प्रहरी, सेना तथा स्वयमसेवकले अझै पनि बेपत्ताको खोजी तथा उद्धार प्रयास जारी राखेका छन् ।

क्वाजुलु–नाटल प्रान्तमा आँधी र त्यसपछिको बाढीले ठूलो क्षति गरेको छ । आँधी तथा बाढीका कारण १३ हजार ५ सय ९३ घरमा क्षति पुगेको छ ।

करिब चार हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । डर्बन क्षेत्रमा ४८ घण्टाको अवधिमा ४ सय ५० मिलिमिटर वर्षा भएपछि बाढी आएको हो ।

Leave A Reply

Your email address will not be published.