स्थानीय निर्वाचन रोकिए देशमा ठूलो दुर्घटना हुन्छ : प्रमुख आयुक्त थपलिया

0

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन अब रोकिए देशमा ठूलो दुर्घटना हुने बताएका छन् । 

शनिबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनले निर्वाचनको मिति तोकेर निर्वाचनको गन्तव्य तोकेर क्षेप्यास्त्र प्रक्षेपण भइसकेकाले चुनाव नरोकिने बताएका हुन् । 

अब निर्वाचनलाई तलमाथि वरपर वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हुने उनको दाबी छ ।

निर्वाचनको मिति तय हुँदा छलफल र संविधान/कानुनका विषयमा तर्कवितर्क भएकै बताउँदै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब तर्कवितर्कको आवश्यकता नरहेको बताए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने धारणा राखे ।

Leave A Reply

Your email address will not be published.