कार्यकर्तालाई माधव नेपालको आग्रह : जनतालाई एमाले त्याग्नुका कारण प्रष्ट पार्नू

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर विद्रोह गर्ने अवस्था किन आयो भन्ने तथ्य र प्रमाणहरु सार्वजनिक गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले पार्टीमा विभाजन गर्नुपर्ने तथ्य र प्रमाणहरू जनतासामू पस्किन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टीको नीति कम्युनिष्ट आन्दोलनको हितको खातिर अघि बढाएको पनि उल्लेख गरेका छन । एमालेलाई लक्षित गर्दै उनले त्यो कम्युनिष्ट पार्टीले बाटो बिराएको बताएका छन ।

नेपालले आफ्नो पार्टीको लक्ष्य चुनावदेखि चुनावसम्म नभई जनतादेखि जनतासम्म भएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.