कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्ने महानगरको निर्णय, मिसाएर ल्याउनेलाई जरिवाना

0

काठमाडौं : काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । 

त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ । 

सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने निर्णय गरेको हो । 

अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर संकलन गर्ने भएको छ । महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । 

फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको हो  । अब घरवालाले नै फोहोर संकलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने व्यवस्था हुनेछ । 

कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने विश्वास छ । 

कुहिने र नकुहिने वर्गीकरण नगर्नेलाई पाँच सय रुपियाँ जरिवानासमेत गर्ने निर्णय महानगरले गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.