चुनावमा केन्द्रित हुन माओवादी अध्यक्ष दाहालको निर्देशन

0

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै पार्टी पङ्क्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । 

शुक्रबार बिहान आफ्नै निवास खुमलटारमा भएको पूर्व स्थायी समिति सदस्यहरुको बैठकमा दाहालले परिणाम देखिनेगरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका हुन् । 

बैठकमा अध्यक्ष दाहालले सत्ता गठबन्धन भित्र चुनावी तालमेल नभए एमालेसँग भने नगर्न समेत नेताहरुलाई निर्देशन दिएका छन । 

स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ । 

पार्टीमा प्रवेश गर्नेलाई राजनीतिक पृष्ठभूमि र योगदानलाई हेरेर उचित भूमिका दिने निर्णय पनि बैठकले गरेको छ । नवप्रवेशीलाई चुनावमा टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने निर्णय माओवादीले गरेको छ ।

Leave A Reply

Your email address will not be published.