कांग्रेस निर्वाचन परिचालन समितिमा उम्मेद्वार सिफारिस र छनोटका विषयमा छलफल हुँदै

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन शनिबारबाट सहमहामन्त्रीहरू सातवटै प्रदेशमा खटिनेछन् ।

बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेलको अवस्था, तालमेलका कारण जिल्लाहरुमा देखिएका विवादमा समाधानका विषयमा पनि छलफल हुनेछ ।

Leave A Reply

Your email address will not be published.