युक्रेन युद्धका क्रममा क्षतिग्रस्त रुसी पानीजहाज डुब्यो

0

एजेन्सी : रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली पानीजहाज ‘युद्धपोत’ कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ ।

क्षतिग्रस्त मोस्कभा नामको युद्धपोत जहाज डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाँच सय दश नौसैनिकसहितको सो जहाज विष्फोट र आगलागी भएपछि खाली गरिएको थियो । त्यसमा जडान गरिएका केही आधुनिक हतियार भने झिक्न नभ्याईएको बताइएको छ ।

सोभियत कालमा बनेको यो युद्धपोत रुसी जलसेनाको सबै भन्दा ठूलो हतियार मानिन्छ । रुसले युद्धपोतमा प्राविधिक समस्याले विष्फोट र आगलागी भएको जनाइएको छ ।

युक्रेनले भने आफ्ना सेनाले प्रहार गरेका दुईवटा मिसाइलले युद्धपोतमा क्षती पुर्‍याएको दाबी गरेको छ । पानीजहाज डुब्नुलाई रुसी सेनाको प्रतिष्ठामा ठूलो धक्काको रुपमा लिइएको छ ।

मोस्कभा ध्वस्त हुनु रुसी नौसेनाको निम्ति गम्भीर धक्का भएको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।

यो पानीजहाजले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा प्रमुख भूमिका खेलेको थियो ।

१२ हजार टन तौलको पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबभन्दा ठूलो घटना हो ।

Leave A Reply

Your email address will not be published.