तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सम्पन्न (घोषणापत्र सहित)

0

काठमाडौं : तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ। सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाज-समुदाय निर्माणमा आआफ्नो क्षेत्रमा अगाडि बढ्ने संकल्प गरेका छन्।

‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ मूल नारा रहेको सम्मेलनका सहभागीहरूले आआफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियन्ताका रूपमा काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। सम्मेलनका एक जना  आयोजक एवं स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले सो नारालाई मूलमन्त्र बनाएर कार्यान्वयनमा ल्याउन सदस्यहरूलाई आग्रह गरे।

हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे घोषणापत्रमा उल्लेख छ। सम्मेलनका अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन महिलालाई पुरस्कृतसमेत गरिएको थियो।

तनहुँको भानु गाउँपालिका र दाङको तुलसीपुरमा गाईपालन गरिरेका बबिता गुरुङ र सरिता रेउले तथा रंगेली–१ मोरङमा तरकारी खेती गरिरहेकी सरिताकुमारी साहले उत्कृष्ट उद्यमी पुरस्कार पाए।

दुइ दिन सम्म चलेको सम्मेलनमा सातै  प्रदेशका १०० ओटा भन्दा बढी लघु वित्त, सहकारी तथा बैंकिंग संस्थाहरुबाट झन्डै १,००० जना सहभागी भएको स्वावलम्वन विकास केन्द्रका सूचना अधिकृत चन्द्रकान्त पण्डितले बताए।

हेर्नुहोस् सम्मेलनले जारी गरेको घोषणापत्र :

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.