अहिले अवस्थाले नेपालीको भलो हुँदैन : पूर्वराजा ज्ञानेन्द्र

0

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थाले नेपालीको भलो हुन नसक्ने बताएका छन् । 

नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्व राजा शाहले अर्थहीन परिवर्तन, आश्वासन र चर्का नाराले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गरेका हुन् । 

वर्ष बद्लिँदा हाम्रो हर्ष पनि बढ्नु पर्ने भन्दै पूर्वराजा शाहले पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने बताएका छन् । 

नेपाल भूमि “त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण” को रुपमा रहेको उल्लेख गर्दै पूर्वराजा शाहले हाम्रो मुलुक आफ्नै भू बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रही आएको स्मरण समेत गराएका छन् । 

उनले छिमेकी मित्र राष्ट्रहरुप्रति अवलम्बन गर्ने नीति तथा व्यवहारले मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा प्रभाव पार्ने भएकाले सदैव चनाखो हुनुपर्ने बताएका छन् । 

पूर्वराजा शाहले नेपाल कोहीसँग कतै टांसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने धारणा उत्पन्न हुनु आफैमा आत्महिनताको विषय भएको टिप्पणीसमेत गरेका छन् । 

उनले अर्थ व्यवस्थामा देखिएको जटिलता, महंगी र जनतामा थपिएको आर्थिक बोझप्रति चिन्ता जाहेर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.