काठमाडौंका खाली जग्गा भूमाफियाहरुको कब्जामा : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन् ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री देउवाले काठमाडौंका खाली ठाँउका जग्गा भूमिाफयाहरुले कब्जा गर्ने काम भैरहेकाले सचेत भएर काम गर्नुपर्ने बताएका हुन् ।

काठमडौंमा फोहोरको समस्या जटिल बन्दै गएकाले फोहोरबाट विद्युत र ग्याँस उत्पादन गरेर व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।

देउवाले निर्वाचनसम्बन्धी आचार संहिताको पालना गर्न सबैले ध्यान दिनुपर्ने समेत बताए ।

शहरीकरणमा देखिएमा समस्या तथा चूनौतिहरुलाई सम्बोधन गर्न नयाँ शहरी नीतिमार्फत समुन्नत राष्ट्रिय शहरी विकास र प्रणालीको विकास गर्नुपर्ने उनले भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.