ठाउँ र अवस्था हेरेर चुनावी तालमेल गर्न नेता कार्यकर्तालाई सत्ता गठबन्धनको आह्वान

0

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले ठाउँ र अवस्था हेरेर स्थानीय निर्वाचनमा तालमेल गर्न नेता कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले एक अपील जारी गर्दै ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य गर्न आह्वान गरेको हो । 

सोमबारको बैठकमा चुनावी तालमेलका लागि संयन्त्र बनाउने विषयमा पनि छलफल भएपनि त्यसको मंगलबार अपरान्ह ४ बजे बस्ने बैठकले टुंगो लगाउने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पाँच दलीय गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि आम जनसमुदायलाई आग्रह गरेको छ । 

No description available.
Leave A Reply

Your email address will not be published.