गभर्नर अधिकारीलाई प्रतिशोधपूर्ण ढंगले किनारा लगाइयो : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकाले गभर्नरलाई निलम्बन गरेकोमा आपत्ति जनाएका छन् । 

शनिबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउनका लागि प्रयास गरिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको भन्दै आपत्ति जनाएका हुन् । 

ओलीले नेपालमा अत्यन्त अस्वस्थ राजनीतिक प्रतिष्पर्धा भइरहेको बताए। अर्थमन्त्री जनार्दन शर्मा संकेत गर्दै उनले ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान चरितार्थ भएको भन्दै टिप्पणी गरे ।

अध्यक्ष ओलीले माओवादी भनेर चिनिएको मान्छेलाई पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन भएको बताए । 

अध्यक्ष ओलीले देशमा नातावादको बहस चलिरहेको समयमा पुष्पकमल दाहालका भाई नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभा सभा सदस्यमा नियुक्त गरिएको बताए ।

निर्वाचन आचारसंहिता सुरु हुने समयको मुखमा गभर्नर अधिकारीलाई  प्रतिशोधपूर्ण ढंगले किनारा लगाइएको अध्यक्ष ओलीले स्पष्ट पारे । 

Leave A Reply

Your email address will not be published.