चैते दशैं मनाइँदै

0

काठमाडौं : चैते दशैँ पर्व शनिबार मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ छोराका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

बडादशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुनेगर्छ । काठमाण्डौ उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, बज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ ।

शक्तिपीठमा गएर पूजा आराधना एवम् दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन विशेष पूजा गरिन्छ ।

Leave A Reply

Your email address will not be published.