मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मंगलबार हुने

0

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मंगलबार हुने भएको छ । 

मंगलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्ने भएका हुन् । 

बाढीले क्षतिग्रस्त खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएसँगै उद्घाटन गर्न लागिएको हो । उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजनाले जनाएको छ । 

मेलम्ची खोलाको पानी २७ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर उपत्यकामा ल्याइने छ । गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए ।

Leave A Reply

Your email address will not be published.