देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन शुरु

0

काठमाडौं : सरकारले शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन शुरु गरेको छ ।

नेपालमा टाइफाइड रोगको उच्च संक्रमण र जोखिममा रहेको छ । साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र टाइफाइड रोग पर्ने गर्दछ ।

त्यसको रोकथाम तथा निवारणका लागि सरकारले देशैभर टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने छन् ।

खोप अभियान शुक्रबारदेखि आगामी वैशाख १८ गतेसम्म देशैभर सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप लगाउने उद्देश्यका लागि काठमाडौंमा विद्यालय र खोप केन्द्र गरी ६०० स्थान तोकिएको छ । काठमाडौं उपत्यकाका खोप केन्द्रहरूमा खोप लगाउन बालबालिकाको भीड लागेको छ ।

Leave A Reply

Your email address will not be published.