रूस संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट निलम्बित

0

एजेन्सी : संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट रुस निलम्बित भएको छ ।

बिहीबार राष्ट्रसंघको महासभामा भएको निर्वाचनमा ९३ मुलुकले रुसलाई मानव अधिकार परिषदबाट हटाउने पक्षमा मतदान गरेका थिए भने २४ मुलुकले यसको विपक्षमा मतदान गरेका थिए । त्यस्तै ५८ मुलुक अनुपस्थित भएका थिए ।

नेपाल पनि मतदानमा अनुपस्थित भएको थियो । चीनले प्रस्तावको विपक्षमा मतदान गरेको छ । भारत पनि मतदानमा अनुपस्थित भएको थियो ।

मानव अधिकार परिषद्बाट कुनै मुलुकलाई हटाउन महासभामा हुने मतदानमा सहभागी मुलुकमध्ये दुई तिहाइ मत आवश्यक पर्छ । यससँगै मानव अधिकार परिषदबाट रुस बाहिरिएको छ ।

यो मतदानपछि राष्ट्रसंघका लागि रुसका सहायक स्थायी प्रतिनिधि जेनाडी कुजमिनले यो कदम ‘नाजायज र राजनीतिक पूर्वाग्रही’ कदम भएको बताए । साथै उनले मानव अधिकार परिषदबाट बाहिरिएको घोषणासमेत गरे ।

Leave A Reply

Your email address will not be published.