अधिवक्ता गोविन्द बन्दी बने कानुन मन्त्री, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

0

काठमाडौं : अधिवक्ता गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई बिहीबार मन्त्री नियुक्त गरेकी हुन् ।

‘प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी’ नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । संविधानमा गैरसांसद ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ । 

नेकपा एकीकृत समाजवादीनिकट बन्दीले देउवा नेतृत्वमा सरकार गठनका लागि गठबन्धनको न्यायिक लडाइँमा साथ दिएका थिए । 

बन्दीले एमसीसी पारित गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद भई सरकार ढल्ने अवस्थामा आइपुगेपछि बन्दीलगायतको भूमिकामा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो । 

त्यस्तै यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई हाल प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.