गीत संगीत, न्रित्य र ध्यानमा मग्न भएर हजारौ मानिसले टुडिखेलमा सामुहिक रुपमा मनाउदैछन नयाँ बर्ष

0

ध्यान, न्रित्य, प्रेम र करुणाका माध्यमले मानब जीबनलाई आनन्दित बनाउने अभियानमा समर्पित ओशो तपोबन, नागार्जुन काठमान्डौको सहकार्यमा ॐ मेडिया नेपालले नयाँ बर्षको अबसरमा टुडिखेलमा खुल्ला ध्यान, न्रित्य र संगीत महोत्सब आयोजना गरेकोछ ।

नेपाली नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते हुने कार्यक्रममा भारतका प्रख्यात लोक गायक प्रह्लाद सिंह तिपन्या, हास्यकलाकार मनोज गजुरेल, नायिका नम्रता सापकोटा लगायत कुटम्ब ब्यान्डको प्रस्तुती रहनेछ ।


ध्यान न्रित्य र उत्सबका साथ नयाँ बर्षको सुभाराम्भ गरौ भन्ने नारा सहित हुने कार्यक्रम १० हजार बढि मानिसको सहभागिता रहने आयोजक नायिका शोभीता सिंखडाले बताउनु भएकोछ ।


ओशो तपोबन लगायत देश बिदेशका बिभिन्न स्थानमा ध्यान शिबिर सन्चालन गर्दै आउनु भएका बोधिसत्व स्वामी आनन्द अरुणले खुला स्थानमा दशौ हजार मानिसलाई सामुहिक ध्यान गराउनु हुनेछ ।

सामुहिक उल्लास र उर्जाले भरिपूर्ण हुने त्यस उत्सबले जीबनको गहिराइ बुझ्न र आफु भित्रको प्रेम र परमात्म सँग सानिध्य प्राप्त हुने अबसर प्राप्त होस भन्ने ध्ययेले कार्यक्रमको कल्पना गरिएको ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले बताउनु भएकोछ ।


गैर आबासिय नेपाली संघका पूर्व अध्यक्ष एबम ओशो सन्यासी स्वामी आनन्द देब ( भबन भट्ट ) ले नयाँ स्वात्विक उर्जाले भरिपूर्ण भएर नयाँ बर्ष मनाउदा हरेक दिन सात्विक र शुभ बनुन भन्ने कामना सहित यो ध्यान र प्रेम बाढ्ने उत्सबको आयोजना गरिएको बताउनु भएकोछ ।


भारत सरकार द्वारा प्रदान गरिने र अत्यन्त समानित मानिने पद्मश्री बिभुषनबाट सम्मानित माल्वि लोकगायक तिपन्या कबीर दोहा गायनमा विश्व प्रसिद्ध छन । अमेरिका युरोप अस्ट्रेलिया लगायत बिभिन्न देशमा कबिर् बाणी गाउदै हिंडेका तिपन्या पहिलो पटक नेपालमा आफ्नो प्रस्तुति दिन आउँदैछन ।

नेपाली कलाकारहरु मनोज गजुरेल, बेनिशा पौडेल, रोशन शर्मा, नम्रता सापकोटा, प्रदिप रोदन लगायत कुटम्ब ब्यान्डले सहभागिहरुलाई नचाउने, हसाउने र उल्लासपूर्ण बनाउनेछन । सार्वजनिक रुपमा दशौ हजार मानिस सहभागि हुने यस खालको उत्सब पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो ।

Leave A Reply

Your email address will not be published.