शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको तयारी

0

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।

निर्वाचन आयोगले बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू गर्न लागेको बताइएको छ । आयोगले यसअघि दलहरुलाई आचारसंहिता पालना गराउन प्रतिवद्धता गरेकाले अब लागू हुने बताएको छ ।

निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो । उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ । केही दिनअघि आयोगले निर्वाचनमा भाग लिने दलहरुसँग प्रतिवद्धता जनाउन छलफल पनि गरेको थियो । आचारसंहिता लागेपछि सरकारले सरुवाबढुवालगायत निर्णय गर्न पाउने छैन ।

Leave A Reply

Your email address will not be published.