रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

0

एजेन्सी : अमेरिकाले रूसविरुद्ध युद्ध अपराध गरेको भन्दै नयाँ प्रतिबन्ध घोषणा गरेको छ । रूसका केही महत्वपूर्ण र प्रभावशाली व्यक्ति अमेरिकाको निशानामा पारेको हो ।

जसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू र रुसी विदेशमन्त्री सर्गेई लाभरोभका आफन्तलाई प्रतिबन्ध लगाएको हो । उसले रूसी बैंक र धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले रुसका केही प्रभावशाली व्यक्तिमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेको छ ।

यसैबीच रूसको आक्रमणमा परी बन्दरगाह शहर मारियोपोलमा पाँच सय भन्दा बढी नागरिक मारिएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनी अधिकारीहरुले रूसले आक्रमण गरेको क्षेत्रमा शव संकलनलाई जारी राखेका छन् । रूसी सेनाले अधिकांश सहरका आवसीय भवनहरूलाई निशाना बनाएर आक्रमण गरेको थियो ।

रुसले युद्ध अपराध गरेको भन्दै पुटिनमाथि मुद्दा चलाउनुपर्ने माग समेत पश्चिमा मुलुकहरुले गर्दै आएका छन् । बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको आरोप लागेको छ ।

Leave A Reply

Your email address will not be published.