वायु प्रदूषणले वार्षिक ३७ हजार ६८३ जना नेपालीको मृत्यु

0

काठमाडौं : ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ बिहीबार नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइँदै छ ।

वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदूषित हावाका कारण हरेक वर्ष ७० लाख मानिसको ज्यान जाने गरेको छ । विश्वमा २ अर्ब मानिस सुरक्षित पिउने पानी र ३ दशमलब ६ अर्ब मानिस सुरक्षित सरसफाईको अभावमा छन् ।

प्रत्येक वर्ष प्रदूषित पानी र उचित सरसफाईको अभावका कारण हुने झाडापखाला रोगबाट ८ लाख २९ हजार मानिसको ज्यान जाने गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा वर्षेनी वायु प्रदूषणबाट ३७ हजार ६ सय ८३ जनाको र सूर्तीजन्य रोगका कारण २७ हजार एक सयको अकालमै मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार प्रत्येक वर्ष संसारभर १३ लाख भन्दा बढी मानिसहरुको मृत्यु नियन्त्रण गर्न सकिने वातावरणीय कारणहरुले गर्दा हुने गरेको छ ।

वायु प्रदूषण, बाढी, खडेरी, अत्याधिक गर्मीका कारण हुने बन डढेलो र असुरक्षित पानीको प्रयोग मृत्यु र रोगलाई बढावा दिने प्रमुख कारक मानिएको छ ।

Leave A Reply

Your email address will not be published.