निर्वाचन आयोगद्वारा ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ नियुक्ति

0

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ ।

आयोगल बिहीबार जारी गरेको सूचनाअनुसार ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हटाएर नयाँ नियुक्त गरिएका हो ।

कतिपय कमाइ हुने सरकारी निकायमा कार्यरत कर्मचारीहरु चुनावमा खटिन नमानेपछि उनीहरुको ठाँउमा नयाँ निर्वाचन अधिकृत नियुक्त गरिएको बताइएको छ ।

नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।

Leave A Reply

Your email address will not be published.