ओलीको दाबी : चोभार सुख्खा बन्दरगाह एमाले सरकारले निर्माण सम्पन्न गरेको हो

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाह निर्माण कांग्रेसले पटक–पटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । 

बुधबार भक्तपुरको सिपाडोलमा भूकम्पबाट क्षति भइ पुनर्निर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको दाबी समेत गरे । 

उनले वर्तमान सरकारका कारण बिकासको काम नै अवरुद्ध भएको जिकिर समेत गरे । वर्तमान सत्ता गठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिदै ओलीले कुहिएको गठबन्धन झरेपछि मुलुक बिकासको बाटोमा अघि बढ्ने दाबी समेत गरे ।

अध्यक्ष ओलीले शिक्षा क्षेत्रको बिकासका लागि यसअघिको एमाले सरकारले ल्याएका कार्यक्रमलाई एमाले सरकारमा गएपछि प्राथमिकताका साथ निरन्तरता दिने बताए । कार्यक्रममा बिद्यालय पुननिर्माणमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.