पार्टी कब्जा गर्न असफल भएपछि दाहाल र नेपालले दक्षिणपन्थी गठबन्धन बनाए : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्न असफल भएपछि पुष्पकमल दाहाल र माधव नेपालले दक्षिणपन्थी गठबन्धन बनाएको बताएका छन् । 

सोमबार ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न उनीहरुले भएजतिकै बल लगाए पनि नसकेपछि दक्षिणपन्थी गठबन्धन बनाएको बताएका हुन् । 

अध्यक्ष ओलीले दाहाल र नेपालले पार्टी फुटाएर कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोप पनि लगाए । उनले वामपन्थी भन्दा दाहाल सम्झिने गरेको भन्दै माओवादी अध्यक्ष दाहाल कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको तर्क गरे । उनले गठबन्धन दुई दिनको केटाकेटीको खेल भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले दाहाले मुलुकमा द्वन्द्व मच्चाएको र आफु शान्तिको पक्षमा रहेकाले आफु र दाहालबीच समानता नरहेको जिकिर गरे । 

उनले नेकपा माओवादी केन्द्रलाई आफूले जबरजस्ती घिसारेर एकतामा ल्याएको दाबी पनि गरे । उनले आगामी निर्वाचनपछि एमाले सरकारमा गएर सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पुरा गर्ने धारणा राखे ।

Leave A Reply

Your email address will not be published.