तीन दिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा स्वेदश फर्किँदै

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार स्वदेश फर्कंदैछन् ।

प्रधानमन्त्रीको टोली आइतबार साँझ ६ बजेर १० मिनेटमा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि प्रधानमन्त्री देउवा आइतबार उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्ने कार्यक्रम छ । भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । साथै नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल र भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

Leave A Reply

Your email address will not be published.