सीमा विवाद समाधान गर्न मोदीलाई देउवाको आग्रह

0

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबहादुर देउवाले दुई देशबीचको सीमा विवाद समाधान गर्न आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको बताएका छन् ।

नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिए ।

सीमा सम्बन्धमा रहेको विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी मोदीलाई आग्रह गरेको देउवाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली प्रधानमन्त्रीबाट भएको यो पहिलो भारत भ्रमण हो । भारतले कालापानी क्षेत्र समेटेर आफ्नो नक्सा अद्यावधिक गरेपछि नेपालले कुटनीतिक नोट पठाउँदा दिल्लीले कुनै जवाफ दिएको थिएन । त्यसपछि नेपालले आफ्नो नक्सामा गरेको परिवर्तनलाई भारतले अस्वीकार गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.