बेल्जियममा आमाहरुको ट्यालेन्ट शो हुँदै

0

चारदिशा , बेल्जियम ,

बेल्जियमको नेपाली समुदायका बालबालिकाहरुलाई  नेपाली  भाषा कक्षा र  ब्यक्तित्त्व बिकासका कार्यक्रमहरु सँचालन गर्दै अाइरहेको ‘ नेपाली ल्यांगवेज क्रियटिभ क्लास एफ भि ‘  का सच्चा र सोफीको जोडीले यस बर्ष देखि आमाहरुको ट्यालेन्ट शो ( क्षमता प्रदर्शनी ) गर्दै छन ।

आउदो आईतवार 6 सेप्तेम्बरमा आयोजना गर्न लागिएको यस कार्यक्रममा १७ जना आमाहरुको सहभागिता रहने छ । न्रित्य, फोटो सेसन , पब्लिक स्पीकिङ , ब्यक्तित्व बिकास जस्ता बिधाहरुमा प्रतिस्पर्धा हुने यस शो को मुख्य उद्यस्य आमाहरुले आफ्नो परिवार र बाल बच्चा हरुको खुशीको लागि गर्ने योगदानको सम्मान गर्नु  रहेको कार्यक्रमकी आयोजक सोफिया कार्की महर्जनले चारदिशालाई बताउनु भएको छ ।

आफ्नी श्रीमती र आफ्नी आमासँग लुकेर बसेको क्षमताको ज्ञान श्रीमान र बाबु नानीहरुलाई भएमा र त्यसको सम्मान गरिएमा पारिवारिक उन्नतिको लागि सहज हुने पनि कार्यक्रमको उद्यस्य रहेको छ ।
बेल्जियमको नेपाली समुदायलाई उक्त शोमा उपस्थित भै सहभागि आमाहरुको हौशला बढाई  दिन कार्यक्रम सन्चालिका महर्जनले अनुरोध गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.