नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार वटा सम्झौता भएको छ । 

भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । त्यसपछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको हो । 

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । 

त्यसअघि देउवा र मोदीबीच करिब ४५ मिनेट एकल भेटवार्ता भएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल—भारतबीचको साझेदारीमा भइरहेका प्रगति र दुई देशबीचको सहकार्यका एजेन्डालाई अझै सुदृढ गर्ने विषयमा छलफल भएको हो ।

Leave A Reply

Your email address will not be published.