देउवाको भारत भ्रमणमाथि ओलीको शंका

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर प्रश्न उठाएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले देउवा चुनाव अगाडि भ्रमणमा गएको भन्दै प्रश्न उठाएका हुन् । उनले भ्रमणमा जानुको कारण आएपछि सोध्ने भन्दै अहिले प्रधानमन्त्रीको आलोचना नगर्ने पनि बताए ।

अध्यक्ष ओलीले कांग्रेसले सधैँ लोकतन्त्रविरोधि र राष्ट्रियता विरोधिसँग घाँटी जोड्ने गरेको आरोप लगाए । उनले बिग्रिएका, सडेका, लोकतन्त्रविरोधि, राष्ट्रियताविरोधि बिकाऊ र पत्रुसँग कांग्रेसले घाँटी जोड्ने गरेको बताए ।

ओलीले तत्कालीन एमाले नेता माधव नेपालमाथि पार्टीलाई हार्ने बानी लगाएको आरोप समेत लगाए । नेपालकै कारण २०६४ सालको संविधान सभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ३३ सिट मात्र जितेको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.