प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

0

काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् ।

तीन दिने भारत भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्य कार्यालय पुगेका थिए ।

सत्तारूढ भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नड्डासँगको भेटका लागि प्रधानमन्त्री देउवा भाजपा कार्यलय पुगेका हुन् । देउवालाई नड्डाले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

देउवा शुक्रबार नै नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.