प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जनकपुर-जयनगर रेल सेवा उद्घाटन हुने

0

काठमाडौं : प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा जनकपुर–जयनगर खण्डमा रेल सेवा उदघाटन हुने भएको छ । 

जनकपुर–जयनगर–बिजलपुरा–बर्दिबास ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्यसमध्ये जनकपुर–जयनगर खण्डको निर्माण दुई वर्षअघि नै सम्पन्न भइसकेको छ । 

नेपाल सरकारले त्यहाँ चलाउन रेल खरिद गरेको पनि डेढ वर्ष भइसकेको छ । दुवै देशका प्रधानमन्त्रीले शनिबार भर्चुअल रूपमा रेल सेवा उद्घाटन गर्नेछन् । 

भ्रमणकै क्रममा भारतको सहयोगमा साना परियोजना कार्यक्रमअन्तर्गत निर्माण भएका १ सय ३२ वटा स्वास्थ्य चौकीका भवन हस्तान्तरण गरिनेछ । 

भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ गर्ने तयारी पनि छ । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियामा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो । 

‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै सो कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन । त्यस कार्डलाई नेपालको बैंकसँग पनि जोड्न लागिएको हो । 

अब ‘रुपे’ कार्डबाट नेपालमा भुक्तानीको सुविधा पाइनेछ । भारतबाट नेपालले मल खरिद गर्ने सम्झौता भइसकेकाले त्यसको व्यावहारिक र सांकेतिक कार्यान्वयन पनि यही भ्रमणका दौरान हुने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.