प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत प्रस्थान गर्दै छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । 

भ्रमण कार्यक्रम अनुसार शुक्रबार दिउसो प्रधानमन्त्री देउवा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । 

शुक्रबार दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आइटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

शनिबार स्थानीय समय अनुसार विहान साढे १० बजेपछि प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन सवा ११ बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । 

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई आगडि बढाउने प्रस्ताव भारतीय पक्षलाई राख्ने भएका छन् । 

प्रधानमन्त्री देउवाले भारत सरकारलाई पञ्चेश्वरमा ७५ प्रतिशत लगानी गर्न आग्रह गर्ने तयारी गरेका हुन् । 

लगानीका लागि भारत सकारात्मक देखिएकाले दुई पक्षीय वार्तामा नेपालले पञ्चेश्वर परियोजनालाई समावेश गरेको हो । अध्ययन प्रतिवेदनअनुसार आयोजनाका लागि ३ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.