सिंह, धानुक र पन्तलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय, दुई अध्यादेश ल्याइने

0

काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको शुक्रबारबाट हुने तीन दिने भ्रमण स्वीकृत गरेको हो । बैठकले भ्रमणदलमा जाने टोलीको समेत अनुमोदन गरेको छ । 

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा दिल्ली जान लागेका हुन् । भ्रमणमा क्रमममा प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग भेट गर्ने कार्यक्रम छ । 

सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने छ । प्रधानमन्त्री देउवा र मोदीले शनिवार संयुक्त रुपमा रेल्वे सेवा उदघाटन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै बैठकले तीन प्रहरी नायव महानिरीक्षक ‘डीआइजी’लाई अतिरिक्त महानिरीक्षक ‘एआईजी’मा बढुवा गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई एआईजी मा बढुवा गर्ने निर्णय गरेको हो । 

बढुवा सिफारिस भएसँगै तीनमध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको छ । 

त्यस्तै बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ। दुबै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए । 

तेजाव आक्रमण गर्नेविरुद्ध कारबाही गर्ने कानुन नभएकाले सरकाले अध्यादेश जारी गरेको हो । 

तेजाव आक्रमणसम्बन्धी अध्यादेश संसदबाट अनुमोदन हुन नसक्दा यसअघि तीनपटक सम्म निष्क्रिय बनेको थियो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । 

Leave A Reply

Your email address will not be published.