गैर आवासीय नेपाली संघका पदाधिकारी र वरिष्ठ नेता पाैडेलबीच भेट

0

गैर आवासीय नेपाली संघका नव निर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नव निर्वाचित अध्यक्ष कुल आचार्यसहितका पदाधिकारीहरु पुगेका थिए । सो अवसरमा अध्यक्ष आचार्यले एनआरएनएले गर्ने कामहरुका विषयमा वरिष्ठ नेता पौडेललाई जानकारी गराएका थिए ।

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका एनआरएनएका पदाधिकारीहरुले सबैसँग पशुपतिमा बृद्धाश्रम निर्माणका लागि जग्गा उपलव्ध गराईदिन, गैर आवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए डेस्क स्थापना गर्न माग गर्दै आएका छन् ।
जवाफमा वरिष्ठ नेता पौडेलले सत्तारुढ गठवन्धन एनआरएन प्रति सकारात्मक रहेको बताए । साथै उनले समस्याका बाबजुत पनि एनआरएनलाई एक बनाएर अघि बढाएकोमा धन्यवाद दिँदै अब काम गरेर देखाउन आग्रह गरे ।
उनले अब विदेशमा बस्ने नेपालीहरु सबैलाई संगठिन बनाएर मातृभूमी नेपालको विकासका लागि सहयोग गर्न आग्रह पनि गरे । साथै उनले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि एनआरएनएले योगदान गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.