बसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला

0

काठमाडौं : काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेको गद्दी बैठक २०७२ सालको भूकम्पले ध्वस्त बनेको थियो ।

भूकम्पले क्षति पुगेको गद्दी बैठक अमेरिकी सहयोगमा पुनर्निर्माणपछि आजबाट सर्वसाधरणको अवलोकनका लागि खुला गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेसँगै अवलोकनका लागि खुला गरिएको हो । 

पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो । राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो । गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ ।

नेपाललाई बाईसे चौबिसे राज्य एकीकरण गर्दा युद्दमा लड्दा प्रयोग गरेको बन्दुक, भाला, तरबार पनि सर्वसाधारणले हेर्न पाउनेछन् । गद्दी बैठकको पहिलो तलामा विभिन्न समयको राजनैतिक घटना क्रमलाई तीन वटा ग्यालरीमा राखिएको छ । त्यसबेलादेखिको राजनितिक परिवर्तनको झल्को हेर्न पाइनेछ ।

Leave A Reply

Your email address will not be published.