सर्वोच्चको न्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

0

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

समिति सभापति लक्ष्मणलाल कर्णले न्यायपरिषद्बाट सर्वोच्चको न्यायधिश पदमा प्रस्तावित श्रेष्ठको नाममा आवश्यक संसदीय सुनुवाई गरि सर्वसम्मतिले अनुमोदन गरिएको बताए ।

त्यसअघि संसदीय सुनुवाइका क्रममा न्यायाधीशमा सिफारिस श्रेष्ठले यसअघि आफुले गरेको सुधारका प्रयास र भावी योजनाका बिषयमा समितिमा जानकारी गराएका थिए । 

उनले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउदै जनताको आस्था र विश्वास बढाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

न्याय परिषद्ले श्रेष्ठको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफरिस गरि संसदीय सुनुवाइका लागि गएको फागुन २७ गते समितिमा पठाएको थियो ।

Leave A Reply

Your email address will not be published.