स्थानीय चुनावका लागि मतपत्र छपाइको तयारी शुरु, दुई करोड मतपत्र छाप्ने आयोगको तयारी

0

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी शुरु भएको छ । एक–दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ शुरु गर्ने तयारी गरेको हो ।

मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी शुरु भएको आयोगले जानकारी दिएको हो ।

स्थानीय तह चुनावमा दुई करोड मतपत्र छाप्ने आयोगले निर्णय गरिसकेको छ । मतदाताभन्दा १५ प्रतिशत बढी मतपत्र छाप्न लागिएको हो ।

आयोगले आइतबार एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताको विवरण सार्वजनिक गरेको थियो ।

आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पनि खटाइसकेको छ । साना दललाई पनि उनीहरुकै चुनाव चिह्न दिने निर्णय आयोगले गरेको छ ।

Leave A Reply

Your email address will not be published.