प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने

0

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास बिमस्टेकको पाँचौ शिखर सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै सम्बोधन गर्ने भएका छन् ।

श्रीलंकको राजधानी कोलम्बोमा हुने बिमस्टेक शिखर सम्मेलनलाई प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बिमस्टेकको पाँचौं शिखर सम्मेलन चैत १६ गतेदेखि शुरु हुँदैछ । सम्मेलनमा सहभागीता जनाउन परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल भने कोलम्बो जाने भएको छ ।

बिमस्टेकको पाँचौं सम्मेलन आधा भर्चुअल र आधा भौतिक उपस्थितिमा हुने भएको छ ।

Leave A Reply

Your email address will not be published.