प्राधिकरणले प्रतियुनिट ३८ रूपैयाँमा भारतसँग बिजुली किन्ने, लोडसेडिङ हुँदैन : कुलमान

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा बिजुली खरिद गर्ने भएको छ ।

प्राधिकरणका अनुसार प्रतियुनिट २० भारु (३८ रुपैयाँ) मा नेपालले भारतको बिजुली किन्ने गरी सहमति भएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा बिजुली खरिद गर्ने गरी बोलकबोल गरेको जानकारी दिए ।

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताए ।

भारतीय ऊर्जा बजारमा विद्युत्को मूल्य बढी हुँदा प्राधिकरणले विड गरेको मूल्यमा नपाउँदा केही दिन समस्या आए पनि यो छोटो अवधिका लागि मात्रै भएको उनले बताए ।

यसअघि नेपालले भारतबाट प्रतियुनिट ४.१६ भारू तिरेर बिजुली किन्दै आएको थियो । जुन, बढेर ९ भारूसम्म पुगेको र सोही मूल्यमा बिजुली अर्डर गर्दा बढेर १२ भारूभन्दा माथि पुगेकाले किन्न समस्या भएको प्राधिकरणले स्पष्टिकरण दिएको छ ।

Leave A Reply

Your email address will not be published.