निर्धारित समयमा स्थानीय निर्वाचन गर्न तयारी तीव्र : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नको तयारी तीव्र पारिएको बताएका छन् । 

बिहीबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उट्घाटन गर्दै देउवाले निर्वाचन प्रजातन्त्रको मेरुदण्ड भएकाले स्वतन्त्र र भय रहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले पारदर्शी र जनउत्तरदायी भएर काम गर्न उनले आग्रह गरे ।

प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ।’

Leave A Reply

Your email address will not be published.