तालमेलका मापदण्ड बनाउने सहमति

0


काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताबीच स्थानीय तह निर्वाचनमा तालमेलका मापदण्ड बनाउने सहमति भएको छ ।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेताबीच चुनावी तालमेलका विषयमा छलफल भएको थियो । तालमेलको मोडालिटी तयार गर्न संयन्त्र बनाउने विषयमा गठबन्धन आबद्ध शीर्ष नेता सहमत छन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले ६ महानगरपालिका र ११ उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनले तालमेलको निर्णय गर्न ढिला गर्न नहुनेमा जोड दिए ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले महानगर, उपमहानगर र नगरपालिकामा केन्द्रमा छलफल गर्ने तीबाहेकका स्थानीय तहमा दलहरूको अवस्था हेरेर तालमेलमा अघि बढ्न सकिने बताए ।

Leave A Reply

Your email address will not be published.