मन्त्रिपरिषद् हेरफेर हुन सक्छ, माओवादीलाई हसियतअनुसारको भाग चाहिन्छ : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना रहेको बताएका छन् । 

जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलाई हैसियतअनुसारको भाग दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आग्रहसमेत गरिसकेको जानकारी दिए । 

यसअघि कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले महाधिवेशनसम्मका लागि र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ‘नयाँ पार्टी हौँ सहयोग गर्नुपर्‍यो’ भन्दा आफूहरूले बढी भाग दिएर सहयोग गरेको तर अब हेरफेर हुँदा हैसियतअनुसारको भाग माओवादीलाई चाहिने कुरा प्रधानमन्त्रीलाई बताइसकेको उनले बताए ।

अध्यक्ष दाहालले गठबन्धनको विषयमा कुनै तिक्तता नभए पनि माओवादीले चुनाव जित्न नसक्ने भएर गठबन्धन गर्न परेको रुपमा बुझ्न नहुने बताए । 

चुनावमा आफ्नै खुट्टामा उभिने र आफ्नै बलमा परिणाम ल्याउने विषयमा केन्द्रित रहेको उनको भनाइ थियो । 

तर गठबन्धन बनाउनेमा माओवादी नेतृत्वदायी भूमिका निर्वाह गरेको दाहालले दाबी गरे । 

अहिलेको गठबन्धन चुनावका लागि नबनेको बताउँदै दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षा निम्ति बनाएको बताए ।

Leave A Reply

Your email address will not be published.