मोरङको लेटाङमा कर्फ्यू कायमै, पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै

0

काठमाडौं : प्रहरीकै ज्यान जाने गरी भएको मोरङको लेटाङमा मंगलबार पनि कर्फ्यू कायमै छ । सोमबार बिहान सात बजेदेखि लेटाङका चारवटा वडामा जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू जारी गरेको हो ।

लेटाङको वडा तीन र चारको पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, पाँच नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङकोछ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

अवस्था हेरेर मात्रै कर्फ्यू हटाइने प्रशासन कार्यालयले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको हो ।

प्रहरी जवान श्रेष्ठको हत्यामा सग्लन भएको आशंकाका प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खेरूवास्थित शिक्षा विकास माविका शिक्षकले स्कुलकी एक बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी श्रेष्ठको मृत्यु भएको थियो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका थिए ।

Leave A Reply

Your email address will not be published.