लेटाङ घटनाको दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । 

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । 

अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए । 

मोरङको लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपको क्रममा आइतबार एक महिला प्रहरीको मृत्यु भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको रहेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने बताए । 

वैशाख ३० मा स्थानीय निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेकोले कुनै शंका नगर्न आग्रह देउवाको आग्रह छ । 

सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । नेपाल सरकारले उपलब्ध गराएको ४ विघा ८ कठ्ठा जग्गामा सुन्दरहरैँचा नगरपालिकाले २७ करोड लागतमा प्रशासनिक भवन निर्माण शुरु गरेको छ । 

प्रधानमन्त्री देउवाले सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिए । 

भवन शिलान्यास अघि प्रधानमन्त्री देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए । सुन्दरहरैँचा नगरपालिकाले १५ कठ्ठा क्षेत्रफलमा ३५ करोडको लागतमा निर्माण गरेको नगर अस्पताल प्रधानमन्त्री देउवाले उद्घाटन गरेकका हुन् ।

Leave A Reply

Your email address will not be published.