एनआरएनएको संस्थापन पक्षले फर्जी मतदाता बनाएर गर्न लागेको निर्वाचन र महाधिबेशन स्थगित गर्न पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी, प्रमुख संरक्षक घलेको महाधिबेशन बिधान अनुसार हुने,

0

गैर आबासिय नेपाली संघका अध्यक्ष कुमार पन्त समुहले आयोजना गरेको निर्वाचन एबम महाधिबेशन स्थगित गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेकोछ ।

आज भएको पाटन उच्च अदालतका माननीय न्याधिश दुर्गा बहादुर विश्वकर्माको इजलासले बिधान बिपरित कुमार पन्तद्वारा आयोजा गर्न लागिएको अधिबेशन स्थगित गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेकोछ । यो संगै पररास्ट्र मन्त्रालयले एनआरएनएका प्रमुख संरक्षक शेश घलेलाई बिबाद समाधान गरि अधिबेशन गर्न दिएको निर्देशन् अनुसार घलेले भोलीबाट आह्वान गरेको अधिबेशनले मान्यता पाउने भएकोछ । अदालतले दुबै पक्षलाई पुन चैत्र ९ गतेको सुनुवाईको लागि बोलाएकोछ ,

प्रमुख संरक्षक घलेले बोलाएको महधिबेशनको सम्पूर्ण प्रकृया पुरा भएको र भोली होटेल याक एन्ड यतीमा उद्घाटन हुने अधिबेशन आयोजक समिती सन्योजक एनआरएनए उपाध्यक्ष सोनाम लामाले जानकारी गराएकाछन ।

एनआरएनएमा सहमतिको लागि निरन्तर प्रयास गरि हरेका अभियान्ता हरुले चारदिशा सँगको कुराकानीमा भोलीको प्रमुख संरक्षक घलेको अधिबेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीबा लामिछने , प्रधानमन्त्री लगायत बिशिष्ठ ब्यक्तिहरु उपस्थित हुने र एनआरएनए एकताबद्ध भएर अघी बढ्ने बताएकाछन । अदालतको आदेश संगै घले , कुल आचार्य पक्षमा उत्शाहको माहोल रहेकोछ ।

Leave A Reply

Your email address will not be published.