एमाले उपाध्यक्ष पौडेलसहितको टोली चीन भ्रमणमा

0

काठमाडौं : एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टोली चीन भ्रमणमा गएको छ । हिमालय एयरलाइन्सको कार्गो फ्लाइट मार्फत पौडेल सहितको टोली सोमबार विहान चीनतर्फ गएको हो ।

टोलीमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीसहितका चार जना नेताहरु सहभागी रहेका छन् ।

टोलीले चीनको युनान राज्यको कुन्मिङ सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओलगायतका नेताहरुसँग भेट गर्ने लगायतको कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको तयारी भइरहँदा एमालेको टोली चीनतर्फ गएको हो । अर्को साता चिनियाँ विदेशमन्त्री यी नेपाल आउँदै छन् ।

पछिल्लो समय एमाले र सीपीसीका नेताहरूबीच भर्चुअल संवाद हुँदै आएको थियो । नेपालमा अमेरिकासँगको एमसीसी सम्झौताको विषयलाई लिएर चीनले आफ्नो असन्तुष्टि प्रकट गरिरहेको समयमा एमालेको टोली चीनतर्फ गएको हो ।

Leave A Reply

Your email address will not be published.