उपाध्यक्ष बद्रि केसीले अदालतमा गरे एनआरएनएको बेइज्जत,

0

गैर आबासीय नेपाली संघका उपाध्यक्ष बद्री केसीले अदालतको अपमान गर्दा न्यायधिसको कडा हप्काई खाएकाछन ।

एनआरएनएका काम चलाऊ अध्यक्ष कुमार पन्त समुहले बोलाएको अधिबेशन बिधान बिपरित भएकोले रोकि पाउ भनि आईसिसि सदस्य चिन्तामणि सापकोटा र एनसीसी कुबेतका उपाध्यक्ष उमेश कुमार पुडासैनीले दिएको रिटमा निबेदक पक्षका अधिबक्ताहरुको बहस सुन्ने क्रममा उपाध्यक्ष बद्री केसीले मैले दुईटा कुरा राखौ ! भनेर बोल्न थाले पछि मुद्दाको सुनुवाई गरिरहेका पाटन उच्च अदालतका न्यायाधिस महेन्द्रनाथ उपाध्यायले उनलाई कडा खडकार लगाएका छन ।

केसीले अदालति प्रकृया बिथोल्ने प्रयास गरे पछि न्यायधिस उपाध्यायले तपाईं को हो ? भनेर सोधेका थिए , केसीले म एनआरएनए को सदस्य हो र बोल्न पाउनु पर्छ भन्ने आसय राखे । दर्शक दिर्घामा उपस्थितले अदालतलाई किन ढाट्नु हुन्छ, एनआरएनएको उपाध्यक्ष र अध्यक्षको उम्मेद्वार भन्नुस न भनेर हासे पछि न्यायधिस उपाध्यायले संस्थाको पदाधिकारी जस्तो ब्यक्तिले न्यायिक प्रकृयाको ज्ञान हुनु पर्दैन ? तपाईंको एनआरएनएको बैठकमा आफ्नो कुरा राख्न समय लिएर बोल्ने सँस्कार छैन, अदालतमा कुरा राख्न अधिबक्ता नियुक्त गर्नु पर्छ होइन ? अन्य ब्यक्तिको बयान आबस्यक भए अदालतले चिठ्ठि लेखेर बोलाउछ, तपाईं बहसको लागि नाम लेखाएको अधिबक्ता पनि नभएको र मुद्दाको पक्ष भनेर अदालतले बोलाएको ब्यक्ती पनि नभएकोले तपाईंले बोल्नु अदालति प्रकृया अबरुद्ध गरेको ठहर्ने र त्यस बापतको सजाय हुने प्राबधान सम्झाएका थिए ।

केसीको हर्कत देखेर त्यहा उपस्थित दर्शक र कर्मचारीहरु पनि हासेका थिए। पररास्ट्र मन्त्रालय बिरुद्धको मुद्दामा आफ्नो पक्षमा फैसला गराउने प्रयास लम्बिदै गएको, प्रमुख संरक्षक शेस घलेले बोलाएको अधिबेशनमा संसार भरिबाट उत्साहजनक सहभागिता देखिएको र यो मुद्दामा अन्तरिम आदेश भएमा केसी समुहले गर्न थालेको एकपक्षिय निर्वाचन रोकिने भएकोले केसी हतोत्साही र निरास देखिएका छन ।

उक्त मुद्दाको सुनुवाई सोमबार पनि जारी रहने छ भने एनआरएनएका अध्यक्ष कुमार पन्तले पररास्ट्र मन्त्रालय बिरुद्ध दिएको मुद्धाको फाइल पनि हेरेर निर्णय सुनाउने न्यायधिस उपाध्यायले आजको सुनुवाई पछि आदेश गरेका छन ।

Leave A Reply

Your email address will not be published.