ओलीको प्रश्न- गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?

0

इलाम : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बनेकाे आरोप लगाएका छन् ।

नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय दुई दिन दिएकोमा आपत्ति जनाए ।

सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गरेको बताउँदै अध्यक्ष ओलीले यसपटक पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नमिल्नसक्छ, भोलिपल्ट मिल्छ भनेर दुई दिन समय दिएको भन्दै प्रश्न गरे ।

उनले प्रश्न गरे, ‘पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

उनले निर्वाचन आयोगले एउटा दलको पक्षमा नभएर निष्पक्ष भएर काम गर्नु पर्ने बताए ।

अध्यक्ष ओलीले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा एउटै कुचोले पाँच दलीय गठबन्धनलाई बढार्ने बताए । उनले भने, ‘हामी चुनाव पर्खिरहेका छौँ । वैशाख ३० मा पाँच दलीय गठबन्धनका दललाई एउटै कुचोले देशभरबाट बढार्छौं ।’

Leave A Reply

Your email address will not be published.