एआईजी बढुवा सिफारिसविरुद्ध डीआईजीहरुले दिए उजुरी

0

काठमाडौं : नेपाल प्रहरीमा हालै भएको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा सिफारिसविरुद्ध केही डीआईजीहरुले लोक सेवा आयोगमा उजुरी दर्ता गराएका छन् ।

बढुवा सिफारिसप्रति असन्तुष्ट रहेका केही डीआईजीहरुले आयोगको बढुवा पुनरावलोकन समितिमा उजुरी दर्ता गराएका हुन् ।

बरिष्ठ हुँदाहुँदै कनिष्ठलाई बढुवा सिफारिस गरी आफूहरुलाई अन्यायमा पारिएको भन्दै उनीहरले उजुरी दिएका हुन् ।

अहिले उजुरी दर्ता गराएका प्रहरी अधिकारीहरु आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।

एआईजी बढुवामा आईजीपी थापा क्षेत्रीकै ब्याचका डीआईजीहरु ईश्वरबाबु कार्की, गणेशबहादुर ऐर, घनश्याम अर्याल, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, सौरभ राणा, रामकृपाल यादव र प्रकाश अधिकारीलगायत दाबेदार थिए ।

सरकारले हालै गरेको तीन एआईजी बढुवा सिफारिसमा आईजीपी थापा क्षेत्रका ब्याची एक जना र जुनियर ब्याचका दुई जना परेका छन् ।

सरकारले थापाका ब्याची बसन्तकुमार पन्त र जुनियरका धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.